एनआइसी एशिया लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२५ माघ २०७९, बुधबार १२:३७

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले केही पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले सुपरभाइजर।वरिष्ठ सहायक।(शाखा प्रमुख) ५ जना, सहायक १० जना र कनिष्ठ सहायक १५ जना गरी कुल ३० जना कर्मचारी माग गरेको हो ।

सो पदहरुका लागि संस्थाले न्युनतम प्लस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले फागु १० गतेसम्म संस्थाको वेबसाइट  https://www.nicasialaghubitta.com/ मार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*