दुई कम्पनीद्वारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा

२६ माघ २०७९, बिहीबार १०:२८

काठमाडौं । दुई कम्पनीले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । हिमालयन डिष्टिलरी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आ–आफ्नै साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीको खातामा पठाउन सुरु गरेको हो ।

हिमालयन डिष्टिलरीको पुष २७ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।

साथै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको गत पुष २९ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट पारित भएको ५.२० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।

यी दुवै कम्पनीको बुकक्लोज हुनुभन्दा अघिसम्म कायम शेयरधनीहरुले आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेपछि मात्रै उक्त नगद लाभांश जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*