शेयरधनीलाई बम्पर लाभांश प्रस्ताव गरेको उपकार लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

२६ माघ २०७९, बिहीबार १२:०३

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ६१ लाख २ हजार रुपैयाँ नोक्सानमा गएको छ ।

संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्था यस अवधिसम्म नोक्सानमा गएको देखिएको हो । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड ८८ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुष मसान्तसम्म लघुवित्तको खराब कर्जा ह्वात्तै बढेपछि नोक्सानी व्यहोरेको हो । खुद ब्याज आम्दानी पनि ४.७९% ले घटेको छ । खराब कर्जा २.०९% बाट बढेर ७.१५% पुगेपछि प्रभिजनिङका लागि ४ करोड ५६ लाख रुपैयाँ छुट्याएको छ । जसका कारण १ करोड ९९ लाख रुपैयाँ सञ्चालन घाटा भोग्नु परेको छ ।

यता, कम्पनीको रिजर्भ कोष भने आकर्षक देखिएको छ । पुस मसान्तसम्ममा रिजर्भ कोषमा १५ करोड ५३ लाख रुपैयाँ जम्मा भएकोे छ । चुक्ता पुँजी भने ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ । साथै यस अवधिसम्म संस्थाको निक्षेप संकलन २२.६३ प्रतिशतले बढेको छ भने कर्जा परिचालन ०.४५ प्रतिशतले घटेको छ ।

संस्थाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तलापुँजीको ६१.७५% बोनस सेयर र करसहित ३.२५% नगद लाभांश गरी जम्मा ६५% लाभांश वितरण गर्ने प्रस्तावसहित फागुन १८ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त बोनस सेयर वितरणपछि चुक्ता पुँजी १० करोड रुपैयाँ माथि पुग्नेछ । यसअवधिमा उपकार लघुवित्त प्रतिसेयर ४९ रुपैयाँ ७ पैसा नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १५५ रुपैयाँ २४ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*