अब उप्रान्त बैंकबाट सहकारी संस्थाले थोक कर्जा नपाउने, राष्ट्र बैंकले गर्यो खारेज
२६ माघ २०७९, बिहीबार २३:१८

काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले सहकारीलाई बैंकमार्फत उपलब्ध गराउँदै आएको थोक कर्र्जा सम्बन्धी व्यवस्था खारेज गरेको छ । गरिबीको रेखामुनी र न्यून आय भएका जनतालाई सहकारीमार्फत सहुुलियत रुपमा कर्जा प्रवाह गर्न बैंकमार्फत सहकारी संस्थालाई वितरण गरिदै आएको थोक कर्जा सम्बन्धी व्यवस्था खारेज गरिएको हो ।
राष्ट्र बैंकले आज जारी गरेको एकीकृति निर्देशिकालाई संशोधन गर्दै यस्तो नयाँ व्यवस्था लागू गरेको हो ।












