महिला र गरिबले बैंकबाट पाउँदै आएको सहुलियत ऋणमा गभर्नरको कैची, अबदेखि महिला र गरिबले सहुलियत ऋण नपाउने

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरिब तथा महिलालाई उद्यम, व्यवसायमा प्रोत्साहन गर्न अघि दिइदै आएको कर्जा सुविधामाथि कैची चलाएको छ ।राष्ट बैंकको संशोधित एकीकृत निर्देशन मा महिला र गरिबले पाउँदै आएको लघु कर्जा सम्बन्धी व्यवस्था खारेज गरिएको हो । त्यस्तै प्रत्येक शाखाबाट वितरण गर्नुपर्ने सहुलियतपूर्ण कर्जा सम्बन्धी व्यवस्थालाई खारेज गरिएको हो ।
साथै एकीकृत निर्देशनममा महिलालाई दिइदै आएको चार लाख रुपैयाँसम्म र सात लाख रुपैयाँसम्मका परियोजना धितो कर्जा सम्बन्धी व्यवस्था खारेज गरिएको छ ।
सो व्यवस्था खारेजीसँगै अब धितो नभएका र शिप भएका महिलाले पाउने ऋण सुविधा अन्त्य भएको छ । महिलालाई उद्यमशिलता प्रोत्साहन गर्न फलदायी हुने विश्वाससहित केही वर्ष पहिले तत्कालिन अर्थमन्त्री डा। युवराज खतिवडाको पालामा उक्त व्यवस्था लागू भएको थियो ।

त्यस्तै, विपन्न र न्यून आय भएका व्यक्तिले लघु उद्यम वा व्यवसाय सञ्चालन गर्नड सामूहिक जमानीमा पाउने तीन लाख रुपैयाँसम्मको कर्जा सम्बन्धी व्यवस्था पनि खारेज गरिएएको छ । पछिल्लो दुई वर्ष राम्रोसँग साँवा ब्याज तिरेमा पुनः कर्जा थप गरी पाँच लाख रुपैयाँसम्म पुुर्याउन सकिने व्यवस्था थियो ।
गरिब जनताको पक्षमा यसअघिको सरकारले अघि सारेको उक्त योजनामा पनि गभर्नर महाप्रसाद अधिकारीले कैची चलाएका छन् । त्यस्तै, चालकहरुलाई आफ्नै स्वामित्वमा विद्युतीय रिक्सा, टेम्पो खरिदमा दिइदै आएको ऋण सुविधा पनि हटाइएको छ ।
नयाँ व्यवस्थामा सरकारीमार्फत गरिब जनतालाई सहुलियतपूर्ण कर्जा प्रवाह सम्बन्धी व्यवस्था पनि हटाइएको छ । त्यस्तै, नयाँ व्यवस्था अनुसार ब्याजदर बैंकहरुले आफुखुशी तय गर्न पाउने भएका छन् । यसअघि सार्वजनिक पत्रपत्रिकामा ब्याजदर सम्बन्धी सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था हालका लाथि हटाइएको छ ।

नयाँ व्यवस्था अनुसार २० लाख रुपैयाँसम्म कृषि व्यवसायीलाई दिँदै आएको ऋण सम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । देश आर्थिक संकटबाट अझै पार नलागिसकेको अवस्थामा आम सर्वसाधरण जनता स साना ऋण उद्यम तथा पेशा व्यवसाय गर्ने इच्छा प्रकट गर्नेहरुमाथि राष्ट्र बैंकले किन प्रहार गर्यो रु गम्भिर प्रश्न उठेको छ । निर्देशिका परिमार्जन गर्दै केन्द्रीय बैंकले गरिब जनता र महिलालाई वित्तीय क्षेत्रमा पहुँच झनै कडा बनाएको आज प्रकाशित संशोधित एकीकृत निर्देशिकामा देखिएको छ ।












