यसकारण घट्यो डिप्रोक्स लघुवित्तको नाफा, इपीएस कति ?

२७ माघ २०७९, शुक्रबार १०:१३

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २१ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.६० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्सँगै निष्क्रिय कर्जा बढेपछि लघुवित्तको खुद नाफा घट्न दबाब पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.१० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ५.५५ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ७.२४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३५.७७ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.५९ प्रतिशतबाट बढेर ३.७४ प्रतिशत पुगेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २६ रुपैयाँ ८१ पैसा घटेर ३१ रुपैयाँ ५ पैसामा झरेको छ । पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.२१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ ५१ पैसा रहेको छ ।

१ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ९० करोड ७९ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको सापटी तथा निक्षेप ०.२५ प्रतिशत बढेको छ भने कर्जा १.६८ प्रतिशत बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*