ब्याज आम्दानी बढेसँगै नागरिक लगानी कोषको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?

२७ माघ २०७९, शुक्रबार १०:३७

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५१ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा बढाउन सफल भएको हो ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।पुष मसान्तसम्ममा कम्पनीको ब्याज आम्दानी उल्लेख्य बढेसँगै खर्च नियन्त्रण गरेका कारण कम्पनीको खुद नाफा बढ्न टेवा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १३९.३३ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ४.०३ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी २३.३६ प्रतिशत बढेको छ भने कुल खर्च ४.४९ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३३ पैसा बढेर २४ रुपैयाँ १५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ६५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८७.९९ गुणा रहेको छ। ४ अर्ब २५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १५ अर्ब ६२ करोड ११ लाख रुपैयाँ सञ्चित छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*