नेरुडे लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

२७ माघ २०७९, शुक्रबार १०:४२

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ६ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा र इपीएस दुवै घट्न पुगेको हो ।

लघुवित्तले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.४० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो। समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्सँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८.८५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.६५ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २५.५८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ५६.९५ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तकोा प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ ७५ पैसा घटेर २१ रुपैयाँ ९१ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ५८ पैसा रहेको छ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ६९ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा लघुवित्तको सापटी तथा निक्षेप १.०५ प्रतिशत बढेको छ भने कर्जा १.९४ प्रतिशत बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*