इम्पेयरमेन्ट चार्ज बढ्दा फरवार्ड माइक्रोफाइनान्सको नाफा ७०% ले घट्यो

२७ माघ २०७९, शुक्रबार ११:०१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लुघवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले कमाएको यो नाफा गत आवको तुलनामा ७०.८३ प्रतिशतले कम हो ।

गत आवको यसै अवधिसम्म संस्थाले ४२ करोड ५१ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्नाले यसको खुद मुनाफामा असर परेको हो । साथै, लघुवित्तले इम्पेयरमेन्ट चार्ज बापत २१ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ । त्यसैले गर्दा पनि नाफामा केही संकुचन आएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी २६.५८% ले घटेर ५० करोड ८० लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा फर्वाडले ६९ करोड १९ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ७०.८०% ले घटेर १७ करोड ७१ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ६० करोड ६८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा यस लघुवित्तको चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैया रहेको छ । जगेडा कोषमा ९८ करोड ८० लाख ३५ हजार रुपैयाँ जम्मा रहेको छ । यस संस्थाको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ५० पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ८६ पैसा छ । यस अवधिसम्म संस्थाको निक्षेप संकलन १४.९९ प्रतिशतले बढेको छ भने कर्जा लगानी २६.५८ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*