मानुषी लघुवित्त साढे ४४ लाख रुपैयाँ नोक्सानमा

२७ माघ २०७९, शुक्रबार ११:०८

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४४ लाख ६६ हजार रुपैयाँ नोक्सानमा रहेको छ । संस्थाले आज प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्था नोक्सानमा रहेको हो ।

गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीले १ करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा यसको सञ्चालन नाफा पनि ५ करोड ३० लाख रुपैयाँ ऋणात्मक देखिएको छ । जसका कारण यसको नाफामा गिरावट आएको हो । गत वर्षको यसैअवधिमा कम्पनीको सञ्चालन नाफा २ करोड ४० लाख रुपैयाँ थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ३.०१% ले घटेर ४ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा मानुषीले ४ करोड ९४ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संस्थाले प्रोभिजन बापत ७ करोड २४ लाख रुपैयाँ छुट्याएको छ । पुस मसान्तसम्म आइपुग्दा यस लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैया रहेको छ । जगेडा कोषमा ७ करोड १५ लाख ९५ हजार रुपैयाँ जम्मा रहेको छ । यस संस्थाको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८ पैसा नोक्सानमा रहेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४६ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*