नेशनल माइक्रोफाइनान्सको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

२७ माघ २०७९, शुक्रबार १५:३७

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा १६ करोड १६ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ३४.३१ प्रतिशतले घट्न पुगेको हो । गत आवको यसै अवधिसम्म संस्थाले २४ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफा घटेका कारण नाफा प्रभावित बन्न पुगेको हो ।

समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी २७.२५ प्रतिशत घटेर ३२ करोड ३० लाख रुपैयाँमा कायम भएको छ भने संचालन मुनाफा ३४.३१ प्रतिशतले घटेर २३ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ । गतव आवको यसै अवधिसम्ममा संस्थाले खुद ब्याज आम्दानीमार्फत ४४ करोड ४० लाख रुपैयाँ कमाएको थियो भने संचालन नाफा समेत ३५ करोड १५ लाख रुपैयाँ रहेको थियो ।

साथै चालु आवको दोस्रो त्रैमाससम्ममा निष्क्रिय कर्जा समेत २.९५ प्रतिशतबाट बढेर २.९७ प्रतिशत कायम भएको छ । यसकारण पनि नाफामा सामान्य गिरावट आएको हो ।

पुष मसान्तसम्म संस्थाको चुक्तापुँजी ५८ करोड ६६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषको आकार १०.२४ प्रतिशतले घटेर कोषमा ४० करोड ६४ लाख रुपैयाँ संचित रहेको छ । साथै संस्थाको प्रतिशेयर आम्दानी ५५ रुपैयाँ ५७ पैसा र प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस अवधिसम्ममा संस्थाले बैंकबाट ६ अर्ब ४४ करोड ९० लाख रुपैयाँ सापटी लिई ११ अर्ब २५ लाख ४३ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ भने ३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*