आजबाट क्यान इन्फोटेक मेला सकिदै, ‘नेपालमा इन्टरनेट इकोसिस्टम’ अन्तर्क्रिया कार्यक्रम संचालन

२९ माघ २०७९, आईतवार ०८:३२

काठमाडौको भृकुटीमण्डपमा यहि माघ २४ गतेदेखि सुरु भएको क्यान इन्फोटेक मेला आज सकिदैछ । सूचना प्रविधि सहितका १ सय ५० स्टल राखिएको ईन्फोटेक मेला आज सकिने कम्प्यूटर एसोसिएसन नेपाल महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

कम्प्युटर प्रविधि सम्बन्धी मेलामा विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवामा विशेष छुटको व्यवस्था गरेका थिए । १५० भन्दा बढी स्टल रहेको मेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी, हार्ड डिस्क, एनिमेशन मल्टीमिडिया जस्ता उत्पादनका स्टल समेत छन् ।

त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदि समेत प्रदर्शनीका आकर्षणको रुपमा रहेका छन् । क्यानले प्रविधिका क्षेत्रमा भएका नवीनतम सोचलाई प्रवद्र्धन गर्न स्टार्टअप कम्पनीहरुलाई विशेष प्राथमिकतामा राखेको क्यानका अध्यक्ष रणजीत पोदारले बताए ।

त्यस्तै, वेभ सर्भरद्धारा विभिन्न क्षेत्रमा ईन्टरनेट सेवा प्रदान लगायतमा ग्रहकहरुको लागी आकर्षक छुट तथा सेवाहरुको व्यवस्था रहेको थियो।यसैबीच क्यान इन्फोटेकको अवसर पारी आयोजकले क्यान आईसीटी सेमिनारसमेत सञ्चालन गरिरहेको छ । यस अन्तर्गत आज ‘नेपालमा इन्टरनेट इकोसिस्टम’ विषयमा दिउँसो २ देखि ४ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा इन्टरनेट क्षेत्रका सरोकारवालाहरूबीच विशेष अन्तर्क्रिया हुने भएको छ । यस अघि विभिन्न तीन विषयमा आईसीटी सेमिनार सम्पन्न भइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*