लाभांश घोषणाको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तले कमायो ११ करोड रुपैयाँ, इपीएस नै साढे ८६ रुपैयाँ

२९ माघ २०७९, आईतवार १३:५६

काठमाडौं । गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणाको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ११ करोड २ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

लघुवित्तले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिसक वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत वर्षको तुलनामा २.६४ प्रतिशतले बढ्न पुगेको हो । गत वर्षको यसै अवधिसम्म संस्थाले १० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी, संचालन मुनाफा बढेसँगै निष्क्रिय कर्जा समेत घटेका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो ।

यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ५.९९ प्रतिशतले बढेर १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २.६४ प्रतिशतले बढेर १७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १८ करोड ७५ लाख रुपैयाँ र संचालन मुनाफा १७ करोड ४ लाख रुपैयाँमा सीमित रहेको थियो । साथै गत वर्षको पुष महिनासम्म ६.०८ प्रतिशतमा रहेको खराब कर्जा घटेर ५.२७ प्रतिशतमा कायम भएको छ ।

पुष मसान्तसम्म लघुवित्तको चुक्तापुँजी ४८.१४ प्रतिशतले बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १९.२७ प्रतिशतले बढेर कोषमा ६४ करोड ४५ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट बोनस शेयर वितरण गरेमा संस्थाको चुक्तापुँजी अझै बढ्नेछ । संस्थाको यस अवधिसम्म प्रतिशेयर आम्दानी ८६ रुपैयाँ ४५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३५२ रुपैयाँ ७७ पैसा रहेको छ ।

सो अवधिसम्म संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ३९ करोड ५० लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ५६ करोड २५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै सो अवधिसम्म संस्थाले २ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*