नेप्सेमा थप ७१ लाख ३८ हजार बोनस शेयर सूचीकृत

२९ माघ २०७९, आईतवार १५:१९

काठमााडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंकको साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् सो शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*