निर्धन उत्थान लघुवित्तको लाभांश माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै पाउने

काठमाडौं । निर्धन उत्थान लघुवित्तको लाभांश माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै पाउने भएका छन् । लघुवित्तले १९ प्रतिशत बोनस शेयर वितरणका लागि फागुन २ गतेदेखि फागुन १२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो ।
तसर्थ फागुन १ गते जनयुद्ध दिवस परेका कारण सरकारले सार्वजनिक विदा घोषणा गरेको छ । जसकारण आज शेयरमार्केट बन्द रहने भएका कारण माघ २९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै संस्थाको प्रस्तावित लाभांश पाउनेछन् । संस्थाले २४औं साधारण सभा फागुन १२ संस्थाको केन्द्रिय कार्यलय नक्साल काठमांडौमा बिहान १० बजेदेखि बस्नेगरी डाकेको छ ।
सो सभाले लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । यसका साथै चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
यस्तै सभाले संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने तयारी समेत गरेको छ ।












