ग्लोबल आइएमई लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

१ फाल्गुन २०७९, सोमबार १३:३६

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा ५३.४६ प्रतिशतले घट्न पुगेको हो ।

गत आवको यसै अवधिसम्म संस्थाले १३ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्न पुगेका कारण संस्थाको नाफा प्रभावित बन्न पुगेको हो ।

पुष मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले घटेर २५ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ५४.२७ प्रतिशत घटेर ९ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ ।

समिक्षा अवधिसम्म संस्थाको खराब कर्जा समेत १.९५ प्रतिशतबाट बढेर ३.८४ प्रतिशत पुगेको छ । यसकारण पनि लघुवित्तको मुनाफा प्रभावित बन्न पुगेको हो । समिक्षा अवधिसम्म संस्थाको चुक्तापुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

सो अवधिसम्म संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी (इपीएस) २३ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२२ रुपैयाँ ३० पैसा रहेको छ । साथै लघुवित्तले यस अवधिसम्म ३ अर्ब १७ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८ अर्ब ३६ करोड ४० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*