दुई लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

१ फाल्गुन २०७९, सोमबार १७:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ । निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।

आइतबार शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम निर्धन उत्थानको शेयरमूल्य ९९३ रुपैयाँका आधारमा नेप्सेले १९ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ८३४ रुपैयाँ ४५ पैसा कायम गरेको छ ।

साथै इन्फिनिटीको कायम ९९८ रुपैयााका आधारमा नेप्सेले २० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ८३१ रुपैयाँ ६७ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि यी दुवै संस्थाको शेयरबजारमा कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*