जनउत्थान लघुवित्तद्धारा लाभांश घोषणा
२ फाल्गुन २०७९, मंगलवार १०:३३

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले हाल कायमको चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आउदो साधारण सभाबाट पारित भएपश्चात मात्र शेयरधनीहरुले पाउने छन् ।












