बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना सेवावापतको शुल्क लिन नपाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिविना एकतर्फी रुपमा कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई सेवाबापत शुल्क लिन नपाइने भएको छ ।
केन्द्रीय बैंकले आज वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले यस्तो गर्न नपाईने व्यवस्था गरेको हो ।
ग्राहकको अनुमतिबिना उपलब्ध गराइएका सेवाबापत कुनै पनि शुल्क लिएमा १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोले सेवाग्राहीले माग नगरेको सेवाबापत बैंक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिएको भएमा उक्त संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष सुनासो दर्ता गर्न सक्नेछन् ।
साथै उक्त संस्थाबाट गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा रहेको ग्राहक वित्तीय ग्राहक संरक्षण इकाईमा गुनासो दर्ता गर्न सक्नेछन् ।












