हिमालयन बैंक र सिभिल बैंकले फागुन १२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

२ फाल्गुन २०७९, मंगलवार ११:०१

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले यहि फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । हिमालयन बैंकले सिभिललाई प्राप्ति गरेपछि फागुन १२ बाट एकीकृत सुरु गर्ने भएको हो ।

दुवै एक भएपछि अब हिमालयन बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो ।

सो मितिदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न हिमालयन बैंकको फागुन ८ गते काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरु अवरुद्ध हुने जनाइएको छ । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुने जनाएको छ ।

समायोजनपछि बैंकको संचालक समितिमा पनि अहिलेको हिमालयनका सदस्यहरु नै रहनेछन् । बैंकको प्रमुुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिलकुमार पोखरेल रहनेछन् ।

हाल हिमालयन बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड रुपैयाँ र सिभिल बैंकको ९ अर्ब ७ करोड ५ लाख ४३ हजार ९० रुपैयाँ रहेको छ । मर्जरपछि बैंकको चुक्तापुँजी २२ अर्ब रुपैयाँभन्दा बढी पुुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*