एनआइसी एशिया बैंकले थप २५ वटा जग्गा बिक्री गर्दै

२ फाल्गुन २०७९, मंगलवार ११:१६

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो नाममा दर्ता भएका थप २५ स्थानको जग्गा बिक्री गर्ने भएको छ । बैंकले यसअघि पनि केही ठाउँका जग्गा बिक्री गर्ने सूचना प्रकाशित गरेको थियो ।

एनआइसी एशिया बैंकले जनकपुरधाम धनुषाा, बुटवल रुपन्देही, बेलबारी मोरङ्ग, जलेश्वर महोत्तरी, चन्द्रनिगाहपुर रौतहट, सुर्खेत, पर्सा, लगनखेल ललितपुर, धरान सुनसरी, गरुडा रौतहट र बेलौरी कंचनपुरका कुल २५ वटा जग्गा बिक्री गर्ने भएको हो ।

उक्त जग्गा खरिद गर्न चाहाने इच्छुक ब्यक्ति, फर्म, कम्पनी तथा संघसंस्थाले ७ दिनभित्र कम्पनीको कार्यालयमा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*