अभियान लघुवित्तको मुनाफा ११ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
लघुवित्तले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत आवको तुलनामआ ११.४५ प्रतिशतले बढ्न पुगेको हो । गत आवको यसै अवधिसम्म संस्थाले एक अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यता संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफा भने घट्न पुगेको छ । यस अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १८.९९ प्रतिशतले घटेर ४ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा ७९.६१ प्रतिशतले घटेर ६० लाख ९१ हजार रुपैयाँम सीमित भएको छ । संस्थाले यस अवधिसम्म ९ लाख २५ हजार रुपैयाँ प्रोभिजनमा राइट ब्याक गरेका कारण संस्थाको नाफा बढ्न पुगेको हो ।
यस अवधिसम्म संस्थाको चुक्तापुँजी ६३.९३ प्रतिशत बढेर २५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार ५५.६७ प्रतिशतले बढेर कोषमा ४ करोड ९७ लाख रुपैयाँ संचित रहेको छ । साथै संस्थाले सो अवधिसम्म ३० करोड २१ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ७ करोड ६२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी (इपीएस) १२.३८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११९० रुपैयाँ ५१ पैसा रहेको छ । साथै संस्थाको खराब कर्जा २.७३ प्रतिशतबाट बढेर ३.५३ प्रतिशत पुगेको छ ।












