नागरिक लगानी कोषको संस्थापक शेयर बिक्रीमा

२ फाल्गुन २०७९, मंगलवार १३:३८

काठमाडौं । नागरिक लगानी कोषले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूह (सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट) ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सो शेयर फागुन १० गतेसम्मका लागि बिक्रीमा ल्याएको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता ७४३ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शिलबन्दी खाम बाहिर सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट उल्लेख गरेको हुनुपर्नेछ ।

कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*