लाभांश प्रस्ताव सहित कर्पोरेट डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले फागुन २२ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा बिरगंज स्थित आफ्नै केन्द्रीय कार्यालयमा आयोजना गर्ने भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सभाले अध्यक्षको मन्तब्य सहित प्रस्तुत आर्थिक वर्ष २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८।०७९ को आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७।०७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी स्वीकृत गर्ने लगायतका अन्य विशेष प्रस्तावहरु पारित गर्नेछ ।












