दोहोरो अंकले घट्यो शेयरबजार, १२ सूचक राताम्य हुँदा कारोबार खुम्चियो
२ फाल्गुन २०७९, मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक अंकले १६.४० घटेर २१०५ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये उत्पादन तथा प्रशोधन सूचक बाहेकका सबै सूचक खस्किएका छन् । सर्वाधिक लगानी सूचकको १.०२ प्रतिशतले घटेको छ ।












