नेप्सेद्वारा थप एक कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने
२ फाल्गुन २०७९, मंगलवार १६:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आजदेखि बिजय लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरिदिएको हो ।
बिजय लघुवित्तले गत आर्थिक वर्षको लाभांश सम्बन्धित पत्र नेप्सेमा ढिला उपलब्ध गराएकोमा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो संस्थाको शेयर कारोबार रोक्का गरिदिएको छ ।
साथै ३ दिनभित्र के कति कारणले यस्तो हुन पुगेको हो कारण खुलाई स्पष्टिकरण पेश गर्न अनुरोध गरेकोमा संस्थाले सो समयभित्र स्पष्टिकरण पेश गरेपश्चात् नेप्सेले शेयर कारोबार फुकुवा गरिदिएको हो । सो पश्चात् भोलिदेखि नै संस्थाको शेयर कारोबारमा आउनेछ ।












