लाभांश प्रस्तावसहित लक्ष्मी लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

३ फाल्गुन २०७९, बुधबार १०:१५

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले ११औं सभा फागुन २९ गते अग्रवाल भवन कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे बस्नेगरी डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य उपयुक्त लघुवित्तलाई एक्वायर गर्ने सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरलाई सर्वसाधारण शेयर समूहमा परिणत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*