लाभांश र मर्जरप्रस्तावसहित सबैको लघुवित्तद्वारा साधारण सभा आह्वान

३ फाल्गुन २०७९, बुधबार १०:२६

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले छैठौं वार्षिक साधारण सभा फागुन २६ गते मर्स्याङ्दी रिभर भ्यू रिसोर्ट, वन्दिपुर–५ तनहुँमा बिहान १० बजेबाट बस्नेगरी आह्वान गरेको हो ।

सो सभाले गत आर्थिक वर्षको नाफाबाट १८% बोनस सेयर र कर तिर्न ०.९५% नगद गरी जम्मा १८.९५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि संस्थाले फागुन १४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ११ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*