इन्फिनिटी लघुवित्त पनि एनपीएसमा आबद्ध

३ फाल्गुन २०७९, बुधबार १२:४७

काठमाण्डौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल क्लियरिङ हाउससँग एनसीएचएल भुक्तानी प्रणालीमार्फत वितरण, संकलनलगायतका विभिन्न भुक्तानी प्रक्रियालाई स्वचालित बनाउन सम्झौता गरेको छ।

सम्झौतापत्रमा आईएलबीएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

यो सम्झौतासँगै इन्फिनिटी लघुवित्त एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस ९एनपीआई० सँग आफ्ना प्रणालीहरु सिधै एकीकृत गरेर राष्ट्रिय भुक्तानी स्विचअन्तर्गत उपलब्ध विभिन्न डिजिटल उपकरणमा पहुँच पुर्याउन सक्षम पारेर आफ्ना भुक्तानीहरु स्वचालित गर्ने प्रारम्भिक स्वीकारकर्तामध्ये एक भएको छ। यसले बचत निक्षेप, ईएमआई संकलन र तलब भुक्तानी, बिक्रेता भुक्तानी, ऋण वितरण, कर भुक्तानी, एसएसएफ, सीआईटी आदिजस्ता भुक्तानी लेनदेनहरु स्वचालित गर्न पूर्ण रुपमा समर्थन गर्दछ।

त्यस्ता लेनदेन सीधै इन्फिनिटी लघुवित्त र त्यस ग्राहक तथा बैंक तथा वित्तीय संस्थाका बैंक खाताहरुमा हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*