सबैको लघुवित्तको फागुन २६ गते वार्षिक साधारण सभा, ४ करोड ८६ लाख चुक्ता पुँजी थप्दै

३ फाल्गुन २०७९, बुधबार १३:३२

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २६ गते वार्षिक साधारण सभा डाकेको छ। तनहुँको डुम्रेमा केन्द्रीय कार्यालय रहेको संस्थाले सभा बन्दिपुरमा गर्ने भएको छ।सभाले लाभांश बाहेक अन्य नियमित एजेन्डा पारित गर्दैछ। गत आर्थिक वर्षका लागि लघुवित्तले १८।९५ प्रतिशत लाभांश दिने प्रस्ताव बारे सभाले छलफल गर्नेछ।

लघुवित्तले गत आवको नाफाबाटै चुक्ता पुँजी वृद्धि गर्ने भएको हो। ४ करोड ८६ लाख रुपैयाँले चुक्ता पुँजी बढ्दैछ। प्रस्तावित लाभांश मध्ये १८ प्रतिशत बोनस सेयर हो।

बाँकी कर प्रयोजनका लागि नगद दिँदैछ। अहिले सबैको लघुवित्तको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ।

उपयुक्त संस्था भेटिएमा मर्जर सम्बन्धि कार्य गर्न सभाले सञ्चालक समितिलाई अधिकार दिँदैछ। लाभांश र साधारण सभा प्रयोजनका लागि फागुन १४ गते बुक क्लोज गर्ने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*