पूर्व बैंकर रविना देशराजले भ्यालेन्टाइन्स डेमा प्रेमीसँग गरिन् इन्गेजमेन्ट
३ फाल्गुन २०७९, बुधबार १३:४०

काठमाडौं । बैंकिङ क्षेत्रमा चर्चित रहेकि पूर्व बैंकर रविना देशराजले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् । हिजो भ्यालेन्टाइन्स डेको अवसरमा रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् ।
रविनाले यसबारे इन्स्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् । उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’
उसले हुन्छ भनिन्, बधाइ छ, नयाँ सुरुवात’ भन्दै अभिनेत्री तथा रबिनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छिन् । रबिनाले मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृत छाडेर बसेकी छिन् । उनी अहिले प्रेमीसँग रमाइला क्षण बिताइरहेकी छिन् ।












