राष्ट्र बैंकको २० रुपैयाँको नोट छाप्ने जिम्मा चाइना बैंक नोट प्रिन्टिङलाई

३ फाल्गुन २०७९, बुधबार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट छाप्ने जिम्मा चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने भएको छ। उक्त कम्पनीलाई दिने आशयपत्र आइतबार जारी गरेको हो।आशयपत्रअनुसार बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको छ।

राष्ट्र बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अथात् नेपाली रुपैयाँ करिब ६२ करोड २१ लाख ६२ हजार रुपैयाँ लागतमा २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने ठेक्काका लागि उक्त कम्पनी छनोट गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*