विजय लघुवित्तको सेयर कारोबार फुकुवा
३ फाल्गुन २०७९, बुधबार १४:२१

काठमाडौं । नेप्से ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ । आज बुधबारदेखि पुनः यसको सेयर खरिदबिक्री गर्न सकिने छ ।
यस लघुवित्तले लाभांश सम्बन्धी सञ्चालक समितिको निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले गत बिहीबारदेखि सेयर कारोबार रोक्का गरेको थियो ।
सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो । विजय लघुवित्तले स्पष्टीकरण पेश गरेपछि सचेत गराउँदै सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी गराएको छ ।














