श्रृजनशील लघुवित्तको ४९ प्रतिशतले घट्यो खुद नाफा, अन्य सूचकहरु पनि ऋणात्मक

३ फाल्गुन २०७९, बुधबार १४:४९

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ४९ दशमल ४८ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ४९.४८ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा संस्थाले ३ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा पनि ४९.४८ प्रतिशतले घटेर २ करोड ३६ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ४ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३०.९४ प्रतिशतले घटेर ६ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ८ करोड ६८ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले १ अर्ब १८ करोड रुपैयाँ सापटी लिई २ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब १९ करोड रुपैयाँ सापटी लिई २ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार १० करोड ४५ लाख रुपैयाँ पुर्याएको छ। गत वर्ष रिजर्भमा १० करोड ४५ रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*