अब बैंकहरुले अनावश्यक एकतर्फी रुपमा सेवाशुल्क लिए ग्राहकको खातामा १० प्रतिशत रकम जम्मा गनुपर्ने
३ फाल्गुन २०७९, बुधबार १४:५१

काठमाडौं । अब बैंक तथा वित्तिय संस्थाहरुले ग्राहकको अनुमतिबिना एकतर्फी रुपमा कुनै पनि सेवा शुल्क उठाउन नपाउने भएको छ।बैंकहरुले ग्राहकको अनुमतिबिना उपल्ब्ध गराइएको सेवापात कुनै शुल्क लिएमा १० प्रतिशत थप गरि ग्राहकको खातामा जम्मा गनुपर्ने राष्ट्र बैंक ले जनाएको छ ।
राष्ट्र बैंकको वित्तिय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सेवाग्रहीेले माग नगरेको सेवावापत बैक तथा वित्तिय संस्थाले कुनै शुल्क लिएको भएमा उक्त संस्थाको वेबसाईटमा गराइएको गुनासो सुन्ने अधिकारीसम्क्ष गुनासो दर्ता गर्न आग्रह गरेको छ।












