नेप्सेमा १३।९० अंकको गिरावट आँउदा एक उपसूचक बाहेक सबै राताम्मे, १ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार
३ फाल्गुन २०७९, बुधबार १५:१७

नेप्सेमा १३।९० अंकको गिरावट आएको छ। नेप्सेमा गिरावट आँउदा २०९१।५६ अंकमा कायम भएको छ ।आज सूचीकृत २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएकोछ ।
आज उत्पादनमूलक क्षेत्र बाहेक सबै क्षेत्रको सूचक राताम्मे भएको छ । नेप्सेको ओरालो यात्रामा अपी पावरको सर्वाधिक कारोबार भएको छ ।सर्वाधिक कमाउनेमा युनिलिभर कम्पनी नेपाल, गुमाउनेमा गरिमा डिभेञ्चर रहेको छ।












