तारागाउँ रिजेन्सी होटलको साधारणसभामा शेयरधनीहरुको आक्रोश, संचालक नियुक्ति प्रस्ताव स्थगित

काठमाडौं । तारागाउँ रिजेन्सी होटलको २६ औं वार्षिक वार्षिक साधारणसभामा शेयरधनीहरुले आक्रोश जनाएका छन् । साधारणसभामा सहभागी शेयरधनीले संचालक नियुक्तिको बिषयमा आपत्ति जनाएपछि सञ्चालकको अनुमोदन प्रकृया स्थगित भएको छ ।नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा डाकिएको साधारण सभाले पहिले चयन गरेका सञ्चालकलाई अनुमोदन गर्न खोजेपछि साधारण शेयरधनी आक्रोशित भएका थिए । उनीहरूले साधारण सभाले संचालकको निर्वाचन गर्नुपर्ने भन्दै हंगामा गरेपछि निर्वाचान प्रक्रिया एक हप्ताको लागि स्थगित भएको हो ।
कम्पनीले सभामार्फत क वर्गका शेयरधनीको तर्फबाट तारागाउँ विकास समितिका अध्यक्ष सुरेशराज जोशी र ख बर्गका शेयरधनीका तर्फबाट अरुणकुमार सरार्फ, सुरेशलाल जोशी र देबेश सर्राफको पुर्नियुक्ति र स्वतन्त्र संचालकहरु श्रीवस्त शमशेर जबरा र मनोजप्रसाद राजभण्डारीको पुननियुक्तिलाई अनुमोदन गर्ने तयारी गरेको थियो । सोही समयमा सर्वसाधारणतर्फका शेयरधनीले उक्त अनुमोदन कार्यक्रमलाई स्थगित गरेका हुन ।
स्थगित कार्यक्रम सञ्चालकहरुले उचित छलफल गरेर एक हप्ता पछि पुनः गर्ने तयारी गरेको छ ।












