नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सिइओमा ज्योति प्रकाश पाण्डे पुनः नियुक्त
४ फाल्गुन २०७९, बिहीबार १०:१५

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्योति प्रकाश पाण्डे पुनः नियुक्त भएका छन् ।
बैंकको फागुन ३ गते बसेको संचालक समितिको बैठकले बैंकका सिइओ पाण्डेलाई फागुन ३ गतेदेखि नै लागू हुनेगरी आगामी ४ वर्ष कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।












