एती एयरलाइन्सको दुर्घटनाको मृतक परिवारलाई : नेपाल लाइफद्धारा एक करोड दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १ करोड रुपैयाँ बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले पोखरामा यती एयरलाइन्सको जहाज दुर्घंटनामा असामायिक निधन भएका बिमित संगिता शाहीको बीमा दाबी भुक्तानी रकम प्रदान गरेको हो ।
बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई रू एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।कम्पनीले हालसम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।












