सिभिल बैंकको शेयर कारोबार रोक्का हुने
४ फाल्गुन २०७९, बिहीबार १०:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिभिल बैंक लिमिटेडको शेयर कारोबार रोक्का हुने भएको छ । सिभिल बैंक हिमालयन बैंकसँग गाभिई फागुन १२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै बैंकको शेयर कारोबार रोक्का हुने भएको हो ।
सिभिल र हिमालयन बैंक एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धि निर्देशिका बमोजिम एकीकृत कारोबार पश्चात लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुन दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि फागुन १४ गतेदेखि १५ कार्य दिन अर्थात् चैत २ गते सम्मको लागि शेयर कारोबार रोक्का राखिदिन सिभिल बैंकले नेप्सेसमक्ष अनुरोध गरेको छ ।












