लुम्बिनी विकास बैंकका डिसिईओ पवन ढकालको निधन

४ फाल्गुन २०७९, बिहीबार १०:२४

काठमाडौं ।  लुम्बिनी विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पवन ढकालको निधन भएको छ । हृदयघातका कारण उपचारको क्रममा उनको निधन भएको हो ।ढकालको काठमाडौंमा निधन भएको हो । हृदयघात भएपछि उनलाई उपचारका लागि दिल्ली लगिएको थियो । उनलाई दुई पटकसम्म हृदयघात भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका ढकालको नेपाली बैंकिङ क्षेत्रमा तीन दशकको योगदान छ । उनले सन् १९९२ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ९साविक नेपाल ग्रिन्डलेज बैंक० बाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए । सो बैंकमा करिब ८ वर्ष बिताएका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक छाडेपछि उनी माछापुच्छ्रे बैंकमा आबद्ध भएका थिए । उनले माछापुच्छ्रे बैंकमा करिब १४ वर्षसम्म विभिन्न व्यवस्थापकीय भूमिका र जिम्मेवारीमा रहेर काम गरेका थिए ।

त्यसपछि साविक कैलाश विकास बैंकमा सहायक महाप्रबन्धक, सिद्धार्थ विकास बैंकमा डीसीईओ र जनता बैंकमा सहायक महाप्रबन्धकको रूपमा काम गरेका थिए । उनी सन् २०१९ जुनदेखि लुम्बिनी विकास बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको पदमा प्रवेश गरेका थिए । उनले मुक्तिनाथ क्यापिटलको सञ्चालक समितिमा पनि बैंकको प्रतिनिधित्व गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*