बरुण हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु

४ फाल्गुन २०७९, बिहीबार १०:३१

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १९औं सभा फागुन २८ गते युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजे बस्नेगरी डाकेको हो ।

सो सभाले गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यसका अलावा चालु आव २०७९।८० को लागि लेखापरिक्षण नियुक्त गर्ने र निजको पाश्रिमिक तोक्ने, गत आवमा संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव राखिनेछ ।

साथै संस्थापक शेयरधनीहरुबाट ४ जना तथा सर्वसाधारण शेयरधनीहरुबाट २ जनाको प्रतिनिधित्व हुनेगरी संचालकहरुको निर्वाचन गर्ने सभाको प्रस्ताव रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट कुनै खालको लाभांश प्रस्ताव गरेको छैन। यसकारण यसपटक शेयरधनीहरुको हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*