सुपर माई हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुने, १३ लाख बढीको हात खाली हुने पक्का

४ फाल्गुन २०७९, बिहीबार ११:०५

काठमाडौं । सुपर माई हाइड्रोपावरको आइपीओ भोलि (फागुन ५ गते) शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार समय भने तोकिसकिएको छैन, तर आज साँझसम्म बाँडफाँडको समय निश्चित हुने कम्पनीले जनाएको छ ।

सुपर माईको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्ने भएको छ । कम्पनीको आइपीओमा मागभन्दा ३७.१२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । आइपीओमा १३ लाख ८६ हजार ८०२ जनाले कुल १ करोड ५४ लाख ६ हजार ६० कित्ताको लागि आवेदन दिएका छन् ।

जसमा ४१ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ४५ हजार ३०२ जनाको भने हात खाली हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*