सहुलियतपूर्ण कर्जामा सरकारको दुई खर्ब खर्च

४ फाल्गुन २०७९, बिहीबार १३:४६

काठमाडौं । चालू आर्थिक वर्ष २०७९र८० को पुस मसान्तसम्म कुल दुई खर्ब १० अर्ब ४५ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी भएको छ ।नेपाल राष्ट्र बैङ्कका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७९ पुस मसान्तसम्म कुल एक लाख ४८ हजार ३४२ ऋणीलाई यस्तो रकम उपलब्ध गराइएको हो ।

कृषिलगायतका उत्पादनशील क्षेत्र, लघुउद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनर्कर्जा सुविधा २०७९ पुस मसान्तसम्म ११ अर्ब ७५ करोड रुपियाँ रहेको छ ।

पुनर्कर्जा सुविधा र सहुलियतपूर्ण कर्जा सजिलै नपाइएको र सरोकारवालाले पाउन नसकेको गुनासो आउन थालेपछि राष्ट्र बैङ्कले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यले सञ्चालनमा रहेका पुनर्कर्जा सुविधा र सहुलियतपूर्ण कर्जाको सदुपयोग र प्रभावकारिताका सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्थाले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैङ्कहरूको ६।७ प्रतिशत ९दुई खर्ब ८० अर्ब १७ करोड रुपियाँ०, विकास बैङ्कहरूको ११।१ प्रतिशत ९४८ अर्ब २३ करोड रुपियाँ० र वित्त कम्पनीहरूको ७।३ प्रतिशत ९छ अर्ब २९ करोड रुपियाँ० कर्जा विपन्न वर्गमा लगानीमा रहेको छ ।

वाणिज्य बैङ्कहरूले २०८० असार मसान्तसम्ममा कुल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, ६ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु, घरेलु, साना एवं मझौला उद्यमको क्षेत्रमा ९एक करोड रुपियाँभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रूपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा २०७९ पुस मसान्तमा कृषि क्षेत्रमा १३ प्रतिशत ९पाँच खर्ब ४३ अर्ब रुपियाँ० ऊर्जा क्षेत्रमा ६ दशमलव ३ प्रतिशत ९दुई खर्ब ६२ अर्ब ५५ करोड रुपियाँ र लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा ९ दशमलव ५ प्रतिशत ९३९६ अर्ब ९१ करोड रुपियाँ कर्जा लगानीमा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

यस्तै विकास बैङ्कहरूले २०८० असार मसान्तसम्ममा कुल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा २०७९ पुस मसान्तसम्ममा उक्त क्षेत्रहरूमा औसत २६ दशमलव ६ प्रतिशत ९एक खर्ब १५ अर्ब ७५ करोड रुपियाँ० कर्जा लगानीमा रहेको छ ।

त्यसैगरी वित्त कम्पनीहरूले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम–व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा २०७९ पुस मसान्तसम्ममा उक्त क्षेत्रहरूमा औसत २२ दशमलव ४ प्रतिशत ९१९ अर्ब ३३ करोड रुपियाँ० कर्जा लगानीमा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*