शेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार डेढ अर्बमा खुम्चियो

४ फाल्गुन २०७९, बिहीबार १५:११

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।

केही दिनयता शेयरबजारमा निरन्तर गिरावट आएको छ । नयाँ सरकार गठनसँगै केही समयसम्म चम्किएको शेयरबजार केही दिनयता क्रमशः घट्दै गइरहेको छ ।

नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच हुँदा आज एक अर्ब ६८ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम समेत घट्न पुगेको छ ।

साथै आज १३ वटै इन्डेक्स राताम्य छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन सूचकको १.९३ प्रतिशत र वित्त सूचकको १.५२ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*