दुई लघुवित्तको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?
४ फाल्गुन २०७९, बिहीबार १६:०२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । महिला लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
महिला लघुवित्तको आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम शेयरमूल्य ४०७९ रुपैयाँका आधारमा नेप्सेले ४७.५० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २७६५ रुपैयाँ ४२ पैसा कायम गरेको छ ।
साथै यता मिथिला लघुवित्तको १०६० रुपैयाँका आधारमा नेप्सेले १५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ९२१ रुपैइाँ ७४ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा आइतबार यी दुवै संस्थाको कारोबार खुल्नेछ ।












