सुपरमाई हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, साढे ४१ हजारले पाए १० कित्ता शेयर

५ फाल्गुन २०७९, शुक्रबार १०:०९

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपिओमा कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो ।

जस मध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि रहेका आवेदक हात खाली भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*