सिभिल बैंक गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति, फागुन १२ गतेदेखि एकीकृत कारोबार

५ फाल्गुन २०७९, शुक्रबार १२:२९

काठमार्डौं। सिभिल बैंक गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन_ गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले शुक्रबारबाट ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट सञ्चालन गर्ने भएकाले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ ९पाँचौं संशोधन २०७९०’ बमोजिम कारोबार हुने जनाएको छ ।

प्राप्तिपश्चात हिमालयन बैंकको नाममा यही फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्ने दुबै बैंकले सूचना प्रकाशित गरेर जानकारी गराइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*