नेप्सेमा दुई कम्पनीको बोसन शेयर सूचीकृत, कुनको कति ?
५ फाल्गुन २०७९, शुक्रबार १३:११

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालयन बैंक र राधी विद्युत कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
हिमालयन बैंकको ८ प्रतिशत दरका कुल एक करोड ३ लाख ७४ हजार ९८० कित्ता र राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत दरका कुल ७ लाख ५९ हजार ९९० कित्ता गरी कुल एक करोड ११ लाख ३४ हजार ९७० कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न मिल्नेछ ।












