बैंकको चर्को ब्याज र वित्तीय संस्थाको ज्यादती बिरुद्ध सुदुर पश्चिमको डोटीमा नेपाल कम्युनिष्ट पार्टीको विशाल प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले सुदुरपश्चिमको डोटीमा बैंक तथा वित्तिय संस्थाहरु बिरुद्ध विशाल प्रदर्शन गरेका छन् । बैंकका चर्को ब्याज, बित्तिय संस्थाका ज्यादती, महंगो ब्याजदर, धम्किपुर्ण व्यवहार र मिटर ब्याजका विरुद्धमा बिरोध प्रदर्शन गरेको हो । आज (शुक्रबार) जिल्ला प्रशाशन कार्यालय डोटी अगाडि सयौ नागरिकको उपस्थितीमा बिरोध प्रदर्शन गरेको हो ।
उक्त विरोध सभाका संचालक जिल्ला सचिव मोहन कठायतका अनुुसार नेपालका विकास तथा वाणिज्य बैंक र बित्तिय संस्थाले पछिल्लो समय बढाएको ब्याजदरका कारणले र आम जनता तथा साना व्यवसायीले व्यवसाय गर्न सकिरहेको अवस्था छैन त्यस विरुद्ध आवाज उठाएको बताए । ‘आम नेपाली नागरिकबाट बेइमानी तरिकाले ब्याज लिने र दुःख दिने बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल कम्युनिष्ट पार्टीले कारबाहि गर्ने निति ल्याएको छ’ उनले बताए ।

डोटी जिल्ला इन्चार्ज तथा पार्टी केन्द्रिय सदस्य बिमल धामिले कार्यक्रम सम्बोधन गर्दै बैंक तथा वित्तिय संस्थाको ज्यादती बन्द नगरे कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिए । इन्चार्ज धामीले बैंक तथा वित्तीय संस्थाहरुले मच्चाएको लूटमा सत्तामा बस्ने राजनीतिक पार्टी, नेता मन्त्रीदेखि राष्ट्र बैंक सबै मौन रहेको भन्दै जनताले आत्महत्या गर्ने अवस्थाको अन्त्य गर्न सबैलाई गम्भिर बन्न आग्रह गरेका छन् ।

विरोध प्रदर्शनमा देशका बैंक तथा वित्तिय संस्थाको ज्यादतिको विरोधमा बाक्लो उपस्थिती रहेको थियो ।












